एसईई नतिजा आजै, दिउँसो १ बजे बोर्ड बैठक

वेलकम खबर
असार १२, २०७६

काठमाडौं : माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी भएको छ। २०७५ सालमा भएको परीक्षाको नतिजा सार्वजनिक गर्न दिउँसो १ बजे बोर्ड बैठक डाकिएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए।

‘दिउँसो बोर्डको बैठक डाकिएको छ, बैठक सकिएपछि परीक्षफल आजै सार्वजनिक गर्ने तयारी गरेका छौं’, अधिकारीले भने।  गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा चार लाख ७५ हजारको हाराहारीमा परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

तीन वर्षअघि भएकाे शिक्षा ऐन संशोधन अनुसार कक्षा १० को याे परीक्षा प्रदेश स्तरमा सञ्चालन हुनुपर्ने हाे। तर, परीक्षा बोर्डले याे परीक्षा प्रदेशस्तरबाट संचालन गराउन सकेकाे छैन।

याे परीक्षा पनि अन्य कक्षाको परीक्षा जतिकै महत्वपूर्ण छ। एसएलसी जस्ताे विशेष महत्वकाे परीक्षा नभएपनि यसलाकाे नतिजा तामझामका साथ सार्वजनिक गर्ने प्रचलन अझैं कायम छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*