ट्याक्टर दुर्घटनामा परी सहचालक मृत्यु

वेलकम खबर
असार १२, २०७६

ताप्लेजुङको फुङ्लिङ नगरपालिका १ को दर्गुनेमा भएको ट्याक्टर दुर्घटनामा परि गएरातीदेखि बेपत्ता भएका १७ वर्षिय अर्पण मुखिया मृत अवस्थामा भेटिएका छन् ।

ट्याक्टरका सहचालक पाथिभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङका मुखियाको शव करिव ६ घण्टा पछि ट्याक्टर डुवेको खाल्डोवाट निकालीएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ९डिएसपी० सञ्जय सिंह थापाले जानकारी दिए ।

ना ६ त ८७२४ नंम्बरको ट्रयाक्टर वालुवा पुर्याएर फर्कने क्रममा गएराती सोही ठाँउमा बन्दै गरेको नयाँ पुलको खाल्डो खसेको थियो । डिएसपी थापाका अनुसार दुईओटा मोटरको प्रयोग गरि खाल्डोमा जमेको पानी बाहिर निकालेर सहचालकको सव र ट्याक्टर दुवै निकालीएको हो । बेपत्ता सहचालकको खोजीका लागि बिहानै देखि प्रहरी र स्थानिय खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु