प्रचार प्रसारको अभाबमा जोरपोखरी

वेलकम खबर
असार ७, २०७६

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथर सदरमुकाम फिदिमबाट करिब २७ किलोमिटरको दूरीमा जोरपोखरी छ।
मेची राजमार्गअन्तर्गत फिदिम–ताप्लेजुङ सडकको छेउमै रहेको पोखरी पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पनि विकास हुँदै छ। वरिपरी डाँडा, बाक्लो जंगल, ऐंसेलु, काफलका बोट, विविध जडिबुटीको सुगन्ध, चिसो मौसम र चराचुरुङ्गीको आवाज आदिले यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाउँछ। सवारीसाधनबाट ताप्लेजुङको पाथीभरा, कञ्चनजंघा, कुम्भकर्ण जाने तीर्थयात्रीका साथै पर्यटकहरु केही समय रोकिएर जोरपोखरीको दृश्यावलोकन गरेर मात्रै अगाडि बढ्छन्।

यद्यपि, प्रचारप्रसारको कमीले पर्यटकहरु उल्लेख्य पुग्न सकेको छैन। जोरपोखरीको प्राचीन कालदेखि धार्मिक महत्त्व रहेको स्थानीय बताउँछन्। यहाँ स्थापित शिवालय मन्दिर यहाँको धार्मिक विषेशता हो। पाँचथरको साविक सुभाङ, पञ्चमी, भारपा र एकतीन गाविसको संगम स्थलमा रहेको यो पवित्र क्षेत्रमा विभिन्न समयमा धार्मिक अनुष्ठानहरु पनि हुने गर्दछन्। हरेक वर्षको साउन १ मा लगभग दुई घण्टाको दूरीमा रहेको तमोर नदीबाट जल ल्याई शिवजीलाई चढाउने प्रचलन छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*