ताप्लेजुङका पत्रकारहरुले प्रधानमन्त्री बुझाए ज्ञापन पत्र
ताप्लेजुङ । नेपाल पत्रकार महासंघ ताप्लेजुङले मिडिया काउन्सिल विधयेक फिर्ताको माग गदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्ताक्षर सहितको ज्ञापन पत्र बmुझाएका हुन ।
महासंघको तेस्रो चरणको कार्यक्रम अनुसार जिल्लामा संकलित हस्ताक्षर सहितको ज्ञापन पत्र प्रधानमन्त्री ओलीलाई बुझाएका पत्रकार महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठ बताए ।
उनका अनुसार महासंघले असार १० गते मिडिया काउन्सिल विधयक विरुद्ध कार्टुन प्रर्दशनी गर्ने भएको छ भने असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निवाचित संघीय र प्रदेश सांसदहरुलाई मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।
त्यस्तै असार २० गते बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना गर्ने छ केन्द्र र प्रदेशमा असार २५ गते मध्यान्ह १२ः०० बजे लालटिन जुलुस केन्द्रमा निकालिने छ भने असार ३० गते देशव्यापी सिटी जुलुस र सभा आयोजना गरिने कार्यक्रम रहेका बताईएको छ ।



















