सद्भावमाथि धावा बोलियो, गुठी विधेयक स्थगित गरौं : योगेश भट्टराई

वेलकम खबर
असार १, २०७६

काठमाडौं,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराईले गुठी विधेयक स्थगन गरी नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन् । गुठी विधेयकको आन्दोलनमार्फत साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थालिएको भन्दै सरकारलाई स्थगन गर्न सुझाएका हुन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली स्वादेश फर्के लगत्तै सरकारलाई यस्तो सुझाव दिएका हुन् ।

नेता भट्टराईले यो विधयकको बारेमा बुझाउनु पर्नेले बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझन् कोशिस नै नगरेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘बुझाउनु पर्नेले बुझाउन सकेनन्, बुझ्नु पर्नेले बुझ्न् कोशिस नै गरेनन् ।आगोमा रोटी सेक्न अवान्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले । प्रधानमन्त्री स्वदेश फर्कनु भयो। अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला, प्रधानमन्त्री ज्यू ।’

स्वादेश फर्किने क्रममा प्रधानमन्त्री ओलीले पनि गुठी विधेयक सच्याउने बताएका छन् । उनले भनेका छन्, ‘म आइसक्या छु सबै कुरा हेरेर सांस्कृतिक र ऐतिहासिक धरोहर, परम्परतामा कुनै कुराले कहीँ पनि जानेररनजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउँछ ।’ .

तर ओलीले गुठीले गरिबमाथि शोषण भइराखेको पनि बताए । ‘कतिपय ठाउँमा गुठीका नाममा गरिबमाथि शोषण भइराखेको छ,’ प्रधानमन्त्रीले भने, ‘साँस्कृतिक धरोहरसँग जोडिएका ठाउँमा कतै धक्का लागेको रहेछ भने सरकारले विचार गर्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*