फ्रान्सको हिमाल हेर्न पुगेका प्रधानमन्त्री ओली केबलकारमा अड्किएपछि…..!

वेलकम खबर
जेष्ठ ३२, २०७६

फ्रान्स, फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका प्रधानमन्त्री केपी शर्मा ओली झण्डै एक घण्टा केबलकारमा अड्किएका छन् । युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ हेर्न र त्यहाँको स्की तथा उच्च हिमाली क्षेत्रको पर्वतारोहणको तालिम दिने इन्स्टिच्युटको अवलोकन गर्न पुगेका उनी केबलकारमा एक घण्टा अड्किएका हुन् । फ्रान्सेली समाचार माध्यमका अनुसार २५०० मिटरको उचाइमा पुगेपछि केबलकार अड्केको थियो।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, २०१८ कीमिस नेपाल श्रृङ्खला खतिवडा, मोब्लँ कम्पनीका प्रमुख सन्ञ्चालक अधिकृत माथ्यु देशाभान, ओत साभ्वा क्षेत्रका डेपुटी साभिय रोसेरेन, सामोनी नगरप्रमुख एरिक फुर्नियलगायत त्यस क्षेत्रका ब्यापारी, नगरपालिकाका अन्य अधिकारीहरु पनि केवलकारमा सँगै थिए ।

प्रधानमन्त्रीको टोली केबलकारमा अड्किएपछि मौसम खराब बनेको थियो। खराब मौसमका कारण केवलकार बन्द गर्नुपर्ने संकेत प्राविधिकहरुले दिएपछि प्रधानमन्त्रीको टोलीले त्यँही छलफल गरेर समय कटाएको थियो। प्रधानमन्त्रीको टोलीसँगै करिब ४० जना केबलकारमा अड्किएका थिए। केबलकारमा अड्किएपछि प्रधनामन्त्रीको जेनेभा फर्किने कार्यक्रम ढिलो भएको थियो।

सामोनीका नगरप्रमुख एरिक फुर्नियले प्रधानान्त्रीको सम्मानमा स्वागत कार्यक्रम राखेका थिए।

प्रधानमन्त्रीले त्यहाँको हिम चिप्लेटी (स्की) र उच्च हिमाली क्षेत्रका गाईडहरुलाई प्रशिक्षण दिने केन्द्रको पनि अवलोकन गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*