कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
वेलकम खबर
जेष्ठ २७, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक भोली सम्मका लागि स्थगित गरिएको छ ।
आइतबार गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकड गरेको विषय प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग गर्दै संसद अवरुद्ध पारेका थिए । कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
पछिल्लो बैठक बस्न नसेकपछि बैठक भोली सुचना टाँस गर्दै बैठक मंगलबार सम्मका लागि स्थगित गरिएको हो ।



















