ताप्लेजुङमा बन्ने भयो रंगशाला
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका २ तारेवुङमा आईतवार रंगशाला शिलान्यास गरिएको छ । संघीय सांसद् तथा नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले रंगशाला शिलान्यास गरेका हुन ।
खेलकुदले अनुशासित र दक्ष जनशक्ति उत्पादन गर्ने बताउँदै भट्टराईले रंगशालाले जिल्लालाई खेल सहरका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । खेलकुद र युवाको युग भएको धारणा राख्दै उनले ताप्लेजुङलाई नै खेलकुदको केन्द्र बनाउन आवश्यक रहेको बताए ।

प्रदेश स्तरिय महिला फुटवल प्रतियोगितामा ताप्लेजुङले जित हाँसिल गरेको स्मरण गर्दै सांसद भट्टराईले राष्ट्रियस्तरका खेलमा समेत स्थान बनाउन ताप्लेजुङ्का खेलाडी सक्षम रहेको सुनाए । सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा गाउँपालिकामा कम्तीमा पनि एउटा रंगशाला निमार्ण गर्ने नीति लिएको जानकारी दिदै नगरपालिकालाई
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र सहरी विकासको ७५ लाख लगानीमा रंगशाला निमार्ण भैरहेको फुङ्लिङ रंगशाला निमार्ण उपभोक्ता समितिका अध्यक्ष सुवास घिसिङले जानकारी दिए । घिसिङ्का अनुसार सामाजिक विकास मन्त्रालयको ५० लाख र भौतिक मन्त्रालयबाट २५ लाख लगानी छ । रंगशाला जम्मा ३३ रोपनीमा निमार्ण सम्पन्न हुने छ । त्यसमध्ये १३ रोपनी जग्गा पास गरी काम समेत सुरु गरिएको छ । यहि आर्थिक वर्षको असार मसान्त सम्ममा ७५ लाख वरावरको मैदान सम्याउने काम सक्ने योजना रहेको अध्यक्ष घिसिङ्ले बताए ।
निर्माण भइरहेको रंगशालामा फुटबल मैदान, एथलेटिक्स ट्रयाक, नाली, खेलाडी चेन्जिङ रुम निर्माण गर्ने लक्ष्य रहेको छ। रंगशाला निमार्ण भैसकेपछि गाउँमा सवै कुराको सुविधा हुन्छ भन्न अपेक्षा गरिएको उपभोक्ता समितिका अध्यक्ष घिसिङ्ले बताएका छन् । शिलान्यास कार्याक्रममा सांसद भट्टराई सहित प्रदेश सांसदहरु बलवहादुर साम्सोहाङ, होम कुमारी साँवा, जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन, फङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल, उपमेयर बम बहादुर भट्टराई तारा, नेकपाका जिल्ला अध्यक्ष विजय वनेम, नेपाली कांग्रेसका कोषाध्यक्ष रणवहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।



















