ताप्लेजुङ प्रतिभा पहिचानमा लिटलबुद्धको हाबी

वेलकम खबर
जेष्ठ २५, २०७६

ताप्लेजुङ । यस बर्षको माध्यमिक विद्यालय जिल्ला स्तरीय प्रतिभा पहिचानमा लिटलबुद्ध ईङलिङ बोडिङ प्रथम भएको छ ।
शनिवार सम्पन्न प्रतिभा पहिचान कार्यक्रममा चार वटै विद्यामा फुङलिङ नगरपालिका ४ का लिटल बुद्ध ईङलिस बोडिङ स्कुल प्रथम भएको हो ।
चारबटा विद्या बिज्ञान ,ललितकला,साहित्य र संगितमा लिटलबुद्ध प्रथम भएको जिल्ला शिक्षा ईकाई ताप्लेजुङले जनाएको छ । जसमा विज्ञान विद्यामा लिटलबुद्धका आशिस माबो प्रथम,नवज्योति बोडिङ स्कुलका रिचा आर्चाय द्धितीय र म्यम मावि फुरुम्बुका वीरेन्द्र भट्टराई तृतीय भएको छन ।त्यस्तै गरी ललितकलामा लिटल बुद्ध बोडिङका दिब्य राई प्रथम,मेची सेन्टमेरिज ईङलिस बोडिङका छिरिङफुटी शेर्पा द्धितीय र सिद्धकाली मावि दोखुका आरोप लिम्बु तृतीय भएको छन ।
त्यस्तै साहित्यमा पनि लिटलबुद्ध बोडिङका सपन लिम्बु प्रथम भएका छन । बीरेन्द्र माविका राजन गिरी द्धितीय भए भने युवा बर्ष माविका कृष्टीन शेर्पा तृतीय भएको जिल्ला शिक्षा ईकाई प्रमुख भिम मिश्रले बताए । संगित तर्फ लिटलबुद्धका सबु सुनाम प्रथम युवा बर्षका आशा लिम्बु द्धितीय र भानु जन उच्च माविका निमु शेर्पा तृतीय स्थान ल्याएको छन ।
चार बटै विद्यामा प्रथम द्धितीय र तृतीय हुनेलाई क्रममा पाँच हजार,चार हजार र तीन हजार राशीको पुरस्कार तथा प्रमाणपत्रपत्रले सम्मान गरेका ईकाई प्रमुख मिश्रले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*