ताप्लेजुङको चाक्सीबोटेमा स्वास्थ्य चौकी भबन बन्यो

उपचारको लागि सदरमुकाम धाउनु नपर्ने
वेलकम खबर
जेष्ठ २४, २०७६

ताप्लेजुङ । स्थानीय जनताले स्वास्थ्य सेवा सहज रुपमा घर आगनमै प्राप्त गरुन भन्ने उद्देश्यले ताप्लेजुङको पाथीभरा याङवरक गाउ पालिका ५ चाक्सीबोटमा स्वास्थ्यचौकी भबन निर्माण गरिएको छ ।

पाथीभरा याङवरक गाउपालिकाको ६५ लाखको लागतमा निर्माण सम्पनन भएको ८ कोठे भबनको प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले उद्घाटन गदै प्रतिनिधिसभा स राज्यले सडकमा मात्र नभई स्वास्थ्य र शिक्षामा लगानी धेरै लगानी गरेको बताउदै भबन निर्माण पछि गुणस्तरीय स्वास्थ्य सेवा समेत प्रधान गर्नुपर्ने बताउनु भयो । उहाँले कर्मचारीलाई सहज रुपमा सेवा प्रदान गरुन भनेर भबन बनाईएको हुनाले सो अनुसार स्वास्थ्य सेवा नागरिकहरु समक्ष पुग्ने पर्ने धारणा ब्यक्त गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले चाक्सीबाटे गाउ मानब सुचाङको आधारमा ताप्लेजुङको गरीब गाउ भएको बताउदै अब स्थानीय जनताले स्वास्थ्य सेवा सहज रुपमा पाउने आशा ब्यक्त गर्नुभयो । सोही कार्यक्रमा ताप्लेजुङको थुम्बेदिन जन्मेर काठमाण्डौमा बस्दै आउनु भएका महेश गुरागाईले १५ लाख बराबरको स्वास्थ्य उपकरण जुटाउने बचन दिनुभयो ।
गाउपालिका अध्यक्ष केशर मेन्याङवोले पूर्वाधारको क्षेत्रमा सवै भन्दा ठूलो लगानी स्वास्थ्य चौकी बताउदै अब स्थानीय जनतालाई स्थानीय सरकार छ भन्ने अनुभुति दिलाई छाड्ने बताउनुभयो । सो कार्यक्रमा उद्योग बाणिज्य संघको अध्यक्ष तारानाथ घिमिरे लगायतको उपस्थिति रहेको थियो । भने वडा अध्यक्ष तारामान साम्सोहाङ अध्यक्षतामा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*