इलाम र पाँचथर मालपोत कार्यालय नमुना घोषणा

जनमैत्री सेवा प्रवाह गर्न मन्त्री अर्यालको निर्देशन
वेलकम खबर
जेष्ठ २१, २०७६

काठमाडौं । मालपोत कार्यालय इलाम र मालपोत कार्यालय पाँचथरलाई नमुना मालपोत कार्यालय घोषणा गरिएको छ । विशेष कार्यक्रमको आयोजना गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार र सोमबार यी दुई मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय घोषणा गर्नुभएको हो ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले अबको सेवा जनता खुसी हुने सेवा हुनुपर्ने बताउनुभयो। जनताले सेवा लिन आउदा कर्मचारीबाट अपमानित महसुस गर्नेखालको व्यवहार हुननहुने मन्त्री अर्यालले बताउनुभयो । सबैलाई समान ढंगको व्यवहार गर्नुस। जनमैत्री व्यवहार, जनता खुसी हुने हिसाबले व्यवहार गरौ। सानोतिनो लोभलालच नगरौु, मन्त्री अर्यालले भन्नुभयो, भावना, स्वाभिमानमाथि आच आउने काम नगर्नुस। क्विक रेश्पोन्स ९तत्काल रेस्पोन्स० गरिदिनुस। नपुगेको ल्याएर आउन भन्नुस

केही अघि अनलाइन सेवा शुरु गरेपछि यो मन्त्रीले के गर्न खोजेको भनेर बाहिरबाटै सेवाग्राहीलाई भड्काउने काम गरिएको भन्दै मन्त्री अर्यालले प्रविधिको प्रयोगले धेरै समस्या समाधान हुने बताउनुभयो ।

मन्त्रालयसँग जोडिएका केही कार्यालयहरूप्रति जनताले प्रश्न उठाइरहेको भएको भन्दै मन्त्री अर्यालले केही कर्मचारीले गरेको बदमासीका कारण सिंगो संस्थामाथि प्रश्न उठेको बताउनुभयो । सोही समस्यालाई समाधान गर्नका निम्ती समग्रमा सुशासन कायम गर्न मन्त्रालयले नमुना मालपोत कार्यालयको कार्यक्रम अगाडी बढार्नुभयो । ‘हाम्रा कार्यालयसँग जोडिएर आउने सुशासनमाथिको प्रश्नलाई समाधान गर्न नमुना कार्यालय बनाउने अभियान थाल्यौं। सुशासन कायम गर्ने भनेको सिस्टमबाटै हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘वान डोर सिस्टम। एक ठाउँबाट कागज बुझाएपछि आधा घण्टामा सबै काम सकेर घर फर्किने वातावरण बनाउन खोजेको हो ।’

बिस्तारै पेपरलेश सिस्टममा जान खोजेको भन्दै उहाँले शुद्धताको सुरुआत आफुबाटै गर्नुपर्छ आफू ठिक भयो भने सबैलाई ठिक पार्न सकिन्छ भन्ने मान्यताले अगाडी बढेको उहाँले बताउनुभयो ।

देशैभरका कार्यालयलाई नमुना बनाउने, डिजिटलाइजेसनमा लैजाने तयारीमा रहेको उहाँले बताउनुभयो ।

जग्गा प्रशासनसँग जोडिएर आउने असहजता, सेवा प्रवाहसँग जोडिएर आउने प्रश्नलाई समाधान गर्दै जाने भन्दै मन्त्री अर्यालले

डिजिटलमा जान धेरै झञ्झटिलो भएकाले केही समय भने लाग्ने बताउनुभयो ।

इलाममा नवनिर्मित भवनमा नमुना मालपोत कार्यालय, अनलाइन सेवाको शुभारम्भ मन्त्री पद्माकुमारी अर्यालले गर्नुभएको थियो ।

मालपोत कार्यालयमा सुशासन कायम गर्न पहिलोपटक इलाम मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गरिएको हो ।

कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दवाडीले सम्पूर्ण डकुमेन्ट स्क्यान गरेर डिजिटलाइज्ड गरिने बताउनुभयो ।

पाँचथरमा सोमबार नमुना मालपोत कार्यालयको शुभारम्भ गरिएको हो । त्यस अवसरमा मन्त्री अर्यालले डिजिटल सिस्टम, कार्यालयवरिपरी सुन्दरता, स्वच्छता सँगै जनतालाई सहज रूपमा सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । ‘अब जनमैत्री सेवा प्रवाह गर्नुपर्छ। यो कार्यालयमा आउदा जनता खुसी भएर जानुपर्छ । यो कार्यालयका नचाहिने काम हुदैन भन्ने बनाउने हो’, मन्त्री अर्यालले भन्नुभयो ।

देशभर १३१ वटा मालपोत कार्यालय रहेका छन् । जसमध्ये हालसम्म ६० कार्यालयमा अनलाइन सेवा शुभारम्भ भइसकेको छ।

यस्ता छन् नमुना मालपोतका विशेषताहरुः

टोकन प्रणाली
कम्प्युटर प्रणाली
क्यासलेस सेवा
डिजिटलाइज्ड अभिलेख
सूचना प्रविधिमैत्री कार्यालय
जनताको सहज पहुँच
वान डोर सिस्टम
हेल्पडेस्क
प्रतिक्षालय
टेलिभिजन
अपांगमैत्री शौचालय
स्तनपान कक्ष
तातोरचिसो पानीको व्यवस्था

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*