नयाँ बाटोमा हिड्न जानेनन् विप्लव

वेलकम खबर
जेष्ठ १४, २०७६

काठमाण्डौ । राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द ‘विप्लव’ समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध शुरु भएको छ ।

पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्पद वस्तु राखेर त्रास फैलाउने कामको विरोध शुरु भएको हो । प्रतिबन्धित विप्लव समुहले सरकारलाई चुनौती दिन खोज्दा बम विस्फोट गर्ने क्रममा आफ्नै कार्यकर्ताले ज्यान गुमाए । सरकारले पटक–पटक वार्तामा बोलाउदा चुनौती दिदै वार्ता अस्वीकार गर्ने विप्लव समुहले हिंसाकै बाटो रोजेको देखिन्छ । सरकारले विप्लव समुहमाथि कठोर नीति लिदै नेता र कार्यकर्ता पक्राउ गर्ने कामलाई निरन्तरता दिएको छ ।

दस वर्षे शसस्त्र द्धन्द्धले थिलथिलो भएको मुलुकमा संविधान जारी भएपछि समृद्धि र शान्तिको बाटोमा अगाडि बढिरहेको बेला विप्लव समुहले एकीकृत क्रान्तिको नारा अगाडि सार्दै विध्वंसात्मक गतिविधि बढाएको छ । प्रतिबन्धपछि केही सामान्य बन्दै गएको परिस्थितलाई काठमाडौंमा भएको बम विस्फोटको घटनाले पुनः तरङगित बनाइदिएको छ ।

विगतमा दस वर्षे शसस्त्र द्धन्द्धमा एकसाथ सहभागी भएका नेकपा नेताहरुले विप्लवले नयाँ बाटो नरोजी पुरानै बाटोलाई निरन्तरता दिएकाले उनको नीति सफल हुन नसक्ने बताएका छन् ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*