योगेश भट्टराईले मागे ताप्लेजुङको विकासका लागि दर्जनौ योजनामा रकम

वेलकम खबर
जेष्ठ १०, २०७६

काठमाण्डौ । ताप्लेजुङको विकासका लागि प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपाल सरकारसंग विभिन्न कार्यक्रमहरु माग गरेका छन ।
आउदो आर्थिक बर्ष २०७६÷०७७ का लागि जिल्लाको विकासको लागि प्रधानमन्त्री कार्यालयमा विभिन्न योजना माग गरेका हुन । सडक अन्तगर्त ताप्लेजुङ दोभान– थिवा– ओलाङचुङगोला सडकलाई उत्तर–दक्षिण लोकमार्ग निरन्तरता दिन माग गरेका छन ।
त्यस्तै दोभान– थिवा तमोर करिडोर अन्र्तगत ट्रयाक खोल्नका लागि करोडौ रकम विनियोजन गर्न माग गरेका हुन । तमोर करिडोर अन्र्तगको लिम्बुनी पूल– दोभान सम्मको ट्रयाक खोल्नका लागि ५ करोड विनियोजन गर्न माग गरेहा छन भने, मदन भण्डारी मार्ग अन्र्तगत तेह्रथुमको वसन्तपुर देखी – चौकी – गुफा– साँघु’– ढुङ्गेसाँघ’ चाँगे, दोभान– बहान्नदेसम्मको सडक स्तर उन्नती गर्दै चालु आर्थिक बर्षमै कालोपत्रे गर्न अर्ब विनियोजन गरी बहु बर्षे आयोजनामा समावेश गर्न माग गरेका हुन ।
बहान्नदे –फुङलिङ –सुकेटार – देउराली –फावाखोला –सिकैचा –तेल्लोकहुदै कञ्चनजंघा वेसक्यापको याम्फुदिनसम्म समावेश गर्न माग गरेका छन ।
भट्टराईले देउराली – फावाखोला – सिकैचा तेल्लोक– याम्फुदिन खण्डको स्तोर उन्नती र ट्रयाक खोल्नकालागि ५ करोड विनियोजन गरी बहु बर्षे योजनामा समावेश गर्न माग गरेका हुन ।
फुङलिङ बसपार्क– हिरेवादोभान– खोक्लीङ –फुङफुङे झरना – पापुङहुदै – ओलाङचुङगोला सडकको स्तर उन्नती र ट्रयाक खोल्न ५ करोड विनियोजन गर्न माग गरेका छन ।
सदरमुकाम फुङलिङ देखि ८ वटै स्थानीय तहका गाँउपालिको केन्द्रसम्म पुग्ने सडकको स्तर उन्नती गर्दैै कालोपत्रे गर्न बजेट व्यवस्था गर्न माग गरेका छन ।
प्रसिद्ध धार्मिक, साँस्कृतीक तथा पर्यटकीय स्थल पाथिभराको थप प्रर्वद्धनका लागी सुकेटार –पाथिभरा फेदीसम्मको सडक कालोपत्रे गर्न ईन्डीयन एक्जीम बैङ्क मार्फत कार्यक्रम स्वीकृत गर्न आग्रह गरेका हुन ।
जननेता मदन भण्डारीको जन्मगाँउ मैवाखोला गाँउपालिकाको पूर्वाधार विकास , शिक्षा, स्वास्थ्य ,खानेपानी, सिँचाई ,कृषी , पर्यटन, आदिको योजनावद्ध विकास गरी गाँउपालिकालाई नमूना गाँउपालिका बनाउन ५ करोड बजेट ब्यवस्था गर्न माग गरेका छन ।
. फुङलिङ नगरपालिका भित्रका खोला र खोल्साहलाई तटबन्ध गरी नागरिक र वस्तीको संरक्षण गर्न बजेट माग गरेका हुन ।
फङलिङ नगरपालिका बजार क्षेत्रमा पाथिभरा वहुउद्धेशिय सभाहल निर्माणका लागि यस आर्थिक बर्षमा करोड बजेट व्यवस्था गर्ने र बहुवर्षे योजनामा समावेश गर्न आग्रह गरेका हुन फुङलिङ नगरपालिकामा ढल र फोहर व्यवस्थानका लागी २ करोड बजेट व्यवस्थान गर्न माग गरेका छन । फुङलिङ नगरपालिकामा निर्माणधिन बसर्पाकका लागी करोड बजेट व्यवस्था गर्ने ५. फुङलिङ वसपार्कदेखी हिरेवा दोभानसम्मको ५ किलो मिटर सडक कालोपत्रे गर्न माग गरेका हुन ।
त्यस्तै प्रसिद्ध धार्मिक, साँस्कृतीक तथा पर्यटकीय स्थल पाथिभरा फेदीमा वसपार्क निर्माणका लागी ५ करोड,. ताप्लेजुङ जिल्लाका पर्यटकीय गन्तव्यहरु कन्चनजंघा, पाथिभरा, तिम्ब’ङपोखरी ,मिल्के÷जलजले, फ’ङफुङे,झरना, ओलाङचुङगोला, सोदोपोखरी, सिदिङमाधाम, दिकिछयोलिङ गम्बा लगायता स्थानलाई पर्यटकिय सर्किटको विकास गर्न कार्यक्रम माग गरेका हुन । .
गुराँसको राजधानीका रुपमा रहेको मिल्के क्षेत्रमा विश्वमा पाईने सबै प्रजातीका गुँरासको संरक्षण गर्न मागदै तथा सम्बद्र्धन गर्न बृहत ग’राँस गन्तव्य पार्क निर्माण गर्न वजेटको व्यवस्था गर्न,ताप्लेजुङ जिल्लामा रहेको एकमात्र विमान स्थालको धावनमार्ग वढाउन आवश्यक वजेट व्यवस्था गर्नका
साथै ताप्लेजुङ जिल्लामा वैकल्पीक विमानस्थलको स्थान खोजीगर्न आवश्यक बजेट व्यवस्था गर्न समेत माग गरेका छन ।
देशभरीमा सबैभन्दा धेरै अलैची उत्पादन हुने ताप्लेजुङलाई ताप्लेजुङलाई अलैचीको सुपर जोनघोषण गरी कृषकलाई प्रोत्साहनमुखी कार्यक्रम प्रदान गरी आधुनिक तथा वैज्ञानिक विधि अवलम्बन गरी अलैची उत्पादनमा बृद्धि गर्न योजना माग गरेको हो ।
ताप्लेजुङ जिल्ला अस्पताललाई १०० सैयाको अस्पतालमा स्तर उन्नती गर्न भवन र अन्य भौतिक पूर्वाधार निर्माणका लागि बजेट ब्यवस्थापन गर्न जिल्लाका ८ वटै गाउँपालिकामा २५ शैयाको अस्पताल निर्माणका लागि माग गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*