चावहिल–जोरपाटी सडक तत्काल कालोपत्र गर्न ६ बुँदे सहमति

वेलकम खबर
बैशाख २६, २०७६

काठमाडौं । चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका भन्दै आन्दोलरत पक्ष र स्थानीय प्रतिनिधिसहित ठेकदार कम्पनीसँग ६ बुँदे सहमति भएको छ ।
सो सडक खण्डमा कालोपत्र नहुँदा सर्वसाधारण मर्कामा परेको र तत्काल कालोपत्र हुनुपर्ने माग गर्दै बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले आन्दोलको घोषणा गरेका थिए ।

बिहीबार साँझ आन्दोलनरत पक्षसहित काठमाडौं महानगरपालिका वडा नम्बर ६को अध्यक्ष दीपेन्द्र लामा र ठेकेदार कम्पनी युनाइटेड विल्डिर्सका सञ्चालक शकुन्तला लाल हिराचन महानगरीय प्रहरी वृत्त बौद्ध र टुसाल युवा क्लबबीच ६ बुँदे सहमति भएको हो ।

बिहीबार पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको थियो ।
कालोपत्र गर्न ६ बुँदे सहमति

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*