आर्मीलाई हराउँदै पुलिसले चुम्यो पाथीभरा राष्ट्रिय भलिबलको उपाधि

बसन्त लिम्बू
बैशाख २६, २०७६

ताप्लेजुङ । ताप्लेजुङमा भएको तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ ।
विहिबार सम्पन्न फाइनलमा साविक विजेता पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारस्थित नारायणी माविको मैदानमा पुलिसले आर्मीमाथी २५–१७,२५–१३,२५–१९ को जित निकाल्यो । इम रानाको कप्तानीमा मैदानमा उत्रिएको पुलिस सुरुदेखि नै खेलमा हाबी भएको थियो । ब्लकिङ बलियो रहेको पुलिसका अगाडी आर्मीको स्पाइकिङ निकै कमजोर बन्यो । आफूहरुको टिममा अग्ला खेलाडी भएको र ब्लकिङ उत्कृष्ट गरेकै कारण आर्मीलाई हराउन सहज बनेको पुलिसका प्रशिक्षक सरोज श्रेष्ठले बताए ।
उपाधिसँगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख ७६ हजार २ सय ५१ मा चित्त बुझाउन बाध्य बन्यो । यसैगरि सेमीफाइनलमा पुग्न सफल एपिएफ र गण्डकी प्रदेशले ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे ।
विधागततर्फ पनि पुलिकै खेलाडीको वर्चश्व रह्यो । वेष्ट प्लेयर पुलिसका कुलबहादुर थापाले नगद १५ हजार प्राप्त गरे । वेस्ट सर्भर पुलिसका विशाल विक, वेस्ट सटर पुलिसका इमबहादुर रानामगर, बेस्ट ब्लकर पुलिसकै दिपकराज जोशी, वेस्ट स्पाइकर आर्मीका धनबहादुर भट्ट, वेस्ट डिफेन्डर पुलिसका भिम गाहामगर, उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ घोषित भए । सबैले नगद ७ हजार प्राप्त गरे । प
र्यटन प्रवद्र्धनका लागि भलिबल भन्ने नारासहित बैसाख २२ गतेदेखि सुरु प्रतियोगितामा ८ टिमको सहभागिता थियो । प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४ र विश्वविद्यालय क्वाटरफाइनलमै पराजित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*