ताप्लेजुङमा सर्वाधिक पुरस्कार राशीको पाथीभरा भलिबल सुरु

काठमाण्डौ । ‘पर्यटन प्रवद्र्धनका लागि भलिबल’ भन्ने नारासहित ताप्लेजुङमा सर्वाधिक पाुरस्कार राशीको तेस्रो पाथीभरा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । मैवाखोला गाउँपालिकाको केन्द्र साँघुमा आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै भट्टराईले विकट गाउँमा राष्ट्रिय स्तरको खेल आयोजना गरिनुले खेल पर्यटनको विकासमा टेवा पुग्ने विश्वास गरे ।
मैवाखोला गाउँपालिका, जलजले क्लव साँघु र ताप्लेजुङ घर भई विभिन्न ठाउँमा रहेका व्यावसायीहरुको पहलमा प्रगियोगिताको आयोजना गरिएको हो । ताप्लेजुङ भौगोलिक रुपले विकट भएकाले यहाँको गाउँहरु सडक सञ्जालले जोड्नसके मात्र अन्य विकासको ढोका खुल्ने भट्टराईको विश्वास थियो ।
प्रतियोगिताको फाइनल बैसाख २६ गते हुनेछ । नेपाल प्रहरी, नेपाल आर्मी, शसस्त्र प्रहरी, राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, गण्डकी प्रदेश र प्रदेश ५ गरि ८ टिमको सहभागिता रहेको छ । विजेताले ३ लाख ५१ हजार ५ सय ५, उपविजेताले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । समय आभावका कारण प्रतियोगितात्मक खेल भने भोलीबाट मात्रै सुरु हुने आयोजकले बताएका छन् ।