ताप्लेजुङको लेलेपमा डिजिटल टिचिङ एन्ड लर्निङ
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ ६ लेलेपमा ‘डिजिटल टिचिङ एन्ड लर्निङ’ सम्बन्धी तीनदिने तालिम आज सम्पन्न भएको छ।
सरस्वती च्यारिबुक माध्यमिक विद्यालयको आर्थिक सहयोगमा फेज नेपालको प्राविधिक सहयोगमा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा प्रविधिमैत्री, प्रभावकारी र गुणस्तरीय शिक्षण- सिकाइ वातावरण निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी भएको तालीम उपस्थित सहभागीहरू बताउनुभयो । शिक्षामा प्रविधिको प्रयोग मार्फत भविष्यका पुस्तालाई अझ सक्षम, सिर्जनशील र प्रतिस्पर्धी बनाउदै लानका लागि तालीम प्रभावकारी हुनेमा पालिका अध्यक्ष राजन लिम्बू विश्वस्त हुनुहुन्छ ।
आँउदो दिनमा प्रविधिको प्रयोगबाट शिक्षण सिकाइ थप प्रभावकारी हुनेमा पालिका लिम्बुको धारणा रहेको छ । सहयोगी संस्थाले च्यारिबुक माध्यमिक विद्यालयको लागि १५ वटा ट्याब्लेट एउटा सर्भर २ थान राउटर समेत उपलब्ध सो माविका प्रधानाध्यापक मिङमा ग्यान्जे शेर्पा वेलकमखबरलाई जानकारी गराउनुभयो ।






















