फुङलिङ नगरपालिकाको सार्वजनिक सुनवाई शुरु
ताप्लेजुङ । फुङलिङ नगरपालिका भित्र सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई कानुनी शासन, भ्रष्टाचारमुक्त, चुस्त प्रशासन, आर्थिक अनुशासन कायम गराउने उद्देश्यले नगरपालिका भित्र सार्वजनिक सुनवाई कार्यक्रम शुरु भएको छ ।
फुङलिङ नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घका सहजीकरण आज देखि फुङलिङ नगरपालिका वडा ११ फावाखोलाबाट सार्वजनिक सुनवाई कार्यक्रम शुरु भएको हो ।
फुङलिङ नगरपालिकाले चालु आवमा गरेको कामको प्रगति आँउदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट विनियोजनका पूर्व सन्ध्यामा गरिएको सार्वजनिक सुनवाई प्रभावकारी हुने पत्रकार महासङ्घका अध्यक्ष सुवास आचार्य बताउनुभयो ।
कार्यक्रममा फुङलिङ नगरपालिकाको तर्फबाट नगरप्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवि ओझा ,वडा अध्यक्ष योगेश भट्टराई सेवाप्रदायकका तर्फबाट सेवाग्राहीको प्रश्नहरूको जवाफ दिनुभएको थियो । भने सेवाग्राहीले विभिन्न प्रश्नहरू गरेको नेपाल पत्रकार महासंघका सचिव कृष्ण फुरुम्बोले जानकारी दिए । आईतवार,वडा १० फुरुम्बु, सोमवार वडा ९ हाङदेवाका लागि कार्यक्रम तय भई सकेको महासंघले जनाएको छ ।





















