आठराई त्रिवेणीमा योग प्रशिक्षक प्रशिक्षण
ताप्लेजुङ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका योग प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पालिकाको आयोजनामा आयोजित विद्यालय तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरुका लागि योग प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । शिक्षकहरूलाई विद्यार्थीहरूमा योग शिक्षाको प्रभावकारी प्रसार तथा अभ्यास गराउन सक्षम बनाउने उद्देश्यले पालिकामा आवासिय रुपमा साप्ताहिक योगप्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको पालिका अध्यक्ष दिपेन पोमुले जानकारी दिनुभयो ।
पतंञ्जली योग सेवा समिति ताप्लेजुङका तर्फबाट योगगुरु लोकनाथ खनालले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा विभिन्न खालको आसन, र प्राणायाम साथै श्वासप्रश्वासको गतिमा ध्यान दिने, खाली पेटमा योग गर्ने, कसिलो पहिरन नलगाउने,सिधै अभ्यास नगर्ने,कठिन योग अभ्यास नगर्ने लगायतका विधिहरुको बारेमा समेत जानकारी गराईएको थियो ।






















