ताप्लेजुङका ५ जना प्रदेश कमिटीमा मनोनित जिम्मेवारी हेरफेर
ताप्लेजुङ । नेकपा एमाले कोशी प्रदेश कमिटीले ताप्लेजुङका पाँच जनालाई आफनो कमिटीमा मनोनित गरेको छ ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको १० औ पूर्ण बैठकबाट ताप्लेजुङबाट प्रदेश कमिटी सदस्य रहेका केशरकुमार सुब्बा र सन्तोष खतिवडा सचिवालय सदस्यमा पदोन्नति गरेको हो ।
नेकपा एमाले नेता गोपाल थोप्रा प्रदेश कमिटी सदस्य मनोनित गरी प्रदेश सभा (ख) इन्चार्ज बनाएको हो । त्यस्तै अर्का नेता छिरिङ लामालाई प्रदेश कमिटीमा मनोनित थरी मिक्वाखोला गाउँपालिका इन्चार्ज तोकेको छ । फुङलिङ नगरपालिकाका पूर्वमेयर छत्रपति प्याकुरेललाई प्रदेश कमिटीमा मनोनयन गरी आठराई त्रिवेणी गाउँपालिका इन्चार्ज तोकेको छ । त्यस्तै अर्का नेता सन्तोष प्रसाईँ प्रदेश कमिटी सदस्यमा मनोनित गरी फक्ताङलुङ गाउँपालिका इन्चार्ज तोको छ भने हरी हरि थलङ पार्टी जागरण अभियान मिक्वाखोला जिम्मेवारी दिएको छ ।
उता केशर सुब्बालाई सिदिङवा गाँउपालिकाको ईन्चार्ज अन्तत साँवालाई सिरिजंघा, चत्राकुमारी चंसुलाई पाथीभरा याङवरक गाँउपालिका इन्चार्ज, मेरिङ्देन गाउँपालिका टीका सुवेदी, मातृका भट्टराईलाई मैवाखोला र सन्तोष खतिवडालाई फुङलिङ नगरपालिकाको ईन्चार्ज बनाएको हो ।



















