रास्वपा फुङलिङ बराल
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को फुङलिङ नगरपालिकाको सभापतिमा युवराज बराल निर्वाचित भएका छन । शुक्रवारसम्पन्न भएको प्रथम अधिवेशनले फुङलिङ नगरपालिका ३ निवासी युवराज बरालको सभापतित्वमा ११ सदस्यीय नगर समिति निर्वाचित गरेको हो
त्यस्तै सो समितिको उपसभापतिमा कुमार लेछर्वो, सचिवमा मानबहादुर गुरुङ तथा सहसचिवमा सौरभ इजम लाई चयन गरेको छ। रास्वपाको विधानअनुसार कोषाध्यक्ष भने सदस्यहरूबाट पछि चयन गरिने व्यवस्था रहेको छ।
समितिका सदस्यहरूमा प्रेम घिमिरे कुमारी दाहाल कल्पना बिक यमकान्त पुरी मिङमा शेर्पा , महेश भट्टराई तथा बलबहादुर श्रेष्ठ रहेका छन्।



















