चक्कु प्रहारबाट पाटनमा दाजुभाइको हत्या, फोनमा भएको थियो भनाभन

वेलकम खबर
चैत्र २६, २०८२

काठमाडौं । बुधबार साँझ ललितपुरस्थित पाटनको कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजुभाइको हत्या भएको छ । अननाउन नम्बरबाट फोनमा भनाभन हुँदा स्थिति यहाँसम्म पुगेको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । प्रहरीका अनुसार फोनमा विवाद हुँदा सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका थिए । लगत्तै इमाडोल निवासी दुई दाजुभाइ पाटन आएर झगडा गर्दा सञ्जीवले मासु काट्न प्रयोग हुने हतियार लिएर आएर प्रहार गरेका थिए । उनी मासु पसलमा काम गर्ने बताइएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो । यद्यपि, उनीहरूको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*