रोशी पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू

वेलकम खबर
चैत्र २४, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले अवैध रूपमा सञ्चालित सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका छन्। मंगलबार काभ्रेको रोशी खोला पुगेका मन्त्री गुरूङले अवैध रूपमा सञ्चालित सबै क्रसर बन्द गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।

‘अवैध क्रसर उद्योग सबै तुरून्त बन्द गर्नू,’ उनले भनेका छन्, ‘नदीजन्य पदार्थ (ढुंगा, गिटी र बालुवा) अवैध रूपमा उत्खनन् गर्दा बाढी पहिरो गयो।’२०८१ असोजमा रोशी खोलामा बाढी गएको थियो। त्यसले बिपी राजमार्गका करिब २५ किमी क्षति पुर्‍याएको थियो।पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा क्रसर सञ्चालन गर्न दिएको र अब यस्तो नहुने पनि गृहमन्त्रीको भनाइ थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*