डा‍. कँडेलले लिए महान्यायाधिवक्ताको सपथ

वेलकम खबर
चैत्र २२, २०८२

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
आज सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनले शपथग्रहण गरेका हुन्। त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा अधिवक्ता डा। कँडेललाई आजै उक्त पदमा नियुक्त गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*