ओली र लेखकको म्याद थपको निवेदन न्यायाधीश श्रेष्ठको इजलासमा
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्नका लागि म्याद थप गराउन प्रहरीले जिल्ला अदालत, काठमाडौँमा निवेदन दिएको छ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो।
दुवै जनामाथि अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले म्याद थप गराउन लागेको हो। प्रहरीले दिएको म्याद थप सम्बन्धी निवेदन जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा परेको छ। यस निवेदनमाथि आज सुनुवाइ हुनेछ। दुवै पक्षका कानुन व्यवसायीको बहसपछि म्याद थप गर्ने वा नगर्ने भन्ने इजलासले निर्णय दिनेछ। म्याद थपका लागि निवेदनसँगै प्रहरीले पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराएको छ। पूर्वप्रधानमन्त्री ओली भने त्रिवि शिक्षण अस्पतालमै छन्।

















