गोला भन्सारमा आए कर्मचारी
ताप्लेजुङ । लामो समय देखि कर्मचारीको अभावमा बन्द भएको नेपालको उत्तरी क्षेत्र ताप्लेजुङको ओलाङचुङगोला भन्सार कार्यालयमा कर्मचारी आएसँगै सञ्चालनमा आएको छ ।
नायब सुब्बा भन्सार प्रमुख भएर प्रदिप धिताल ओलाङचुङगोला आई पुगेको हुन उनलाई फक्ताङलुङ गाउँपालिका वडा छेतेन शेर्पाले स्वागत गरेको हुन । पूर्वको सबै भन्दा छोटो चिनको स्वशासित क्षेत्र तिब्बत सँगको नाका रहेको यस ओलाङचुङ गोलामा करिब ४० वर्ष अगाडि निर्माण भएको मूल भन्सार कार्यालयको भवन समेत जीर्ण गइरहेको छ । हाल तमोर करिडोर पनि गाँउ भन्दा तल बाटा बनेकोले अब नयाँ भवन सडक छेउमा बनाउनु पर्ने वडा अध्यक्ष शेर्पाले बताए ।

वडा अध्यक्ष शेर्पाले भवन जीर्ण रहेको भन्दै भवन निर्माणका लागि आर्थिक वर्ष ०८३र ८४ को बजेटमा यस भवन निर्माण सहित अन्य भन्सार कार्यालयका सञ्चालनका लागि आवश्यक सामाग्री व्यवस्थापन लागि अर्थ मन्त्रालय र भन्सार विभाग सँग अनुरोध गर्दै सरोकार वालाहरूलाई सहजीकरण गरिदिन आग्रह समेत गरेका छन ।
भन्सार कर्मचारी पठाउनका लागि जेनजी ताप्लेजुङले भन्सार विभागमा पटक पटक ताकेता साथै धर्ना दिएका थिए । सडक सञ्जालमा ओलाङचुङगोला जोडिएसँगै अव राजश्व सङ्कलन उठ्ने स्थानीयवासी ढुक्क देखिन्छन ।



















