सांसद क्षितिज थेबेको प्रश्न- पाथीभरा केबलकारबारे सरकारको निर्णय के हो ?

वेलकम खबर
जेष्ठ ५, २०८३

काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले पाथीभर केबलकारबारे सरकारको धारणा माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्माण कार्य अहिले दिनको लागि रोकिएको बताए।
उनले भने, ‘सरकारले मौखिक निर्देशनमा रोकिएको भन्ने सूचना बाहिरिएको छ। तर प्रश्न यो हो कि, सरकारको आधिकारिक धारणा के हो ? यो आयोजना बन्ने हो कि रोकिने होरु आज ताप्लेजुङका जनता गहिरो अन्योलमा छन्। एकातिर विरोधका कार्यक्रमहरू सार्वजनिक भएका छन्, अर्कोतर्फ विकास, पर्यटन, रोजगारी र पूर्वाधारको दृष्टिकोले आयोजना अनिवार्य रूपमा बन्नुपर्छ भन्ने माग गरिरहेका छन्।’ उनले यस्तो संवेदनशील विषयमा सरकार मौन बस्न नमिल्ने भन्दै सरकारको स्पष्ट जवाफ मागे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*