सहकारी ठगी प्रकरण: काठमाडौँ जिल्ला अदालतबाट रवि लामिछानेले बुझे तारेख

वेलकम खबर
चैत्र १५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतमा आइतबार सहकारी ठगी प्रकरण सम्बन्धी तारेख बुझेका छन् ।उनको सचिवालयका अनुसार लामिछाने अदालतमा उपस्थित भई प्रकरणका तारेख प्राप्त गरेका हुन् । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ठगी प्रकरणमा लामिछानेविरुद्ध ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिइसकेका छन् ।
०८१ पुस २१ मा दर्ता भएको मुद्दामा गोरखा मिडिया नेटवर्कले कानुन विपरीत सो सहकारीबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ अपचलन गरेको आरोप लगाएको छ । सरकारी वकिलले उक्त रकम बिगो माग गर्दै दाबी गरेका थिए । लामिछाने हाल थुना बाहिरै रहेर मुद्दा लडिरहेका छन् ।
रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*