ताप्लेजुङमा कार्यरत जुम्लाका युवकको मृत्यु

वेलकम खबर
चैत्र १५, २०८२

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका -६, लेलेपस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र (के -क्याप)   कार्यरत एक व्यक्तिको मृत्यु भएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ का ३३ वर्षीय चन्द्र जंग हमालको मृत्यु भएको हो।
समृद्ध पहाडु संस्थामा योजना अधिकृतका रूपमा कार्यरत हमाल कञ्चनजङ्घा क्षेत्रमा सपोर्ट स्टाफको रूपमा काम गर्न जाने क्रममा लेलेप ६, लोनाकमा बिरामी परेका थिए। प्रहरी कार्यालय ताप्लेजुङका अनुसार शनिबार बिहान २ : ३५ बजे अचानक बिरामी भएका उनको मृत्यु भएको जानकारी बिहान ६ :३० बजे मिलेको थियो।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी तापेथोकबाट एभरेस्ट एयरको हेलिकोप्टरमार्फत उद्धारको तयारी गरिएको थियो। मृतकको शव हेलिकोप्टरमार्फत ताप्लेजुङको सुकेटार विमानस्थल ल्याइएको छ। जिल्ला प्रहरी कार्यालयले कानुनी प्रक्रियाका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*