सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप चैत्र १२ देखि, विश्व प्रख्यात गुरु रिन्पोछेबाट मन्त्रजप हुने

वेलकम खबर
चैत्र ८, २०८२

ताप्लेजुङ। ताप्लेजुङमा आगामी चैत १२ गतेदेखि सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने भएको छ । सातौँ बज्रगुरु मन्त्रजप मुल आयोजक समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै ३ दिने मन्त्रजप कार्यक्रम हुने बारे जानकारी गराएको हो ।

विश्व शान्ति र मानव एकताका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका ९ सुकेटारमा आगामी चैत १२ देखि १४ गतेसम्म ३ दिने मन्त्रजप कार्यक्रमको आयोजना गरिएको समितिका सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो ।उहाँका अनुसार भारतका विश्व प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको उपस्थितिमा मन्त्रजप गरिने छ ।

बि. सं. २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम कोभिड महामारीको समयमा ३ वर्ष स्थगित भएको थियो । त्यस पश्चात पुन निरन्तर मन्त्रजप कार्यक्रम हुँदै आइरहेको छ ।

मन्त्रजप गर्दा आफ्नो मन शुद्ध भई सबै प्रकारका पुण्य लाभ प्राप्त हुने र गुरु पद्म लिला सम्भवको प्रार्थना गरेमा सबै प्रकारका बिघ्नबाधा समाप्त भई सुख शान्तिका साथै मनोकामना पुरा हुने विश्वास रहेको छ । कार्यक्रममा करिब ३५ लाख बढी खर्च हुने आयोजकको अनुमान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*