महिलाको शरीर आफैँमा ‘वारदात स्थल’ हो : सपना प्रधान मल्ल

वेलकम खबर
चैत्र ७, २०८२

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले यौनजन्य हिंसामा परेका महिलाहरूको न्यायका लागि अदालतले विश्वमै उदाहरणीय र नयाँ नजिरहरू स्थापित गरेको बताउनुभएको छ ।

शुक्रबार भक्तपुरमा आयोजित कानुन व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बलात्कारका मुद्दामा ‘लोकेसन’ वा घटनास्थल भन्न नसकेकै आधारमा पीडितले मुद्दा हार्ने अवस्थाको अन्त्य गर्दै अदालतले ‘महिलाको शरीर आफैंमा हिंसाको स्थल वा वारदात स्थल हो’ भन्ने सिद्धान्त स्थापित गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले अनुसन्धान प्रणालीमा रहेको कमजोरीप्रति पनि चासो व्यक्त गर्नुभयो । मुखमा बलात्कार भएको पीडितको बयान हुँदाहुँदै योनि परिक्षण गर्न पठाउने जस्ता त्रुटिपूर्ण अनुसन्धानले न्यायमा बाधा पुर्‍याएको उहाँको भनाइ थियो । पीडितले विरोधाभाषपूर्ण बयान दिएमा त्यसलाई ‘रेप ट्रमा सिन्ड्रोम’ का रूपमा बुझ्नुपर्ने नजिर समेत सर्वोच्चले कायम गरेको उहाँले उल्लेख गर्नुभयो ।

कुनै पनि हालतमा हिंसामा परेका महिला र बालिकाहरूको न्यायका लागि कसर बाँकी नराख्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*