पोखराकी गुरुङ दम्पतीले दिए ताप्लेजुङका आँखा अस्पताललाई अक्षयकोष
ताप्लेजुङ । समाजसेवी दम्पतीले विपन्न तथा असहाय आँखाका बिरामीहरूको उपचारका लागि अक्षयकोषमा रकम जम्मा गरेका छन् । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले सञ्चालन गरेको नेपाल नेत्र ज्योति अक्षयकोषमा समाजसेवी दम्पतीले रकम जम्मा गरेका हुन्।
पोखरा १७ कास्की घर भई हाल युकेमा बसोबास गर्दै आइरहनु भएका दम्पती खड्क बहादुर गुरुङ र पूर्णकुमारी गुरुङले अक्षयकोषमा रकम जम्मा गर्नू भएको हो । उहाँहरुले उक्त अक्षयकोषमा एक लाख पाँच हजार रुपियाँ रकम जम्मा गर्नू भएको केन्द्रका वरिष्ठ नेत्ररोग, क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि आर्थिक अभावमा रहेका बिरामीहरूको उपचारमा रकम खर्च गर्ने गरि सङ्घले स्थापना गरेको अक्षयकोषमा रकम जम्मा गर्नू भएको हो ।
अक्षयकोषमा जम्मा भएको रकमबाट प्राप्त हुने ब्याजको ८० प्रतिशत रकममार्फत विपन्न तथा असहाय आँखाका बिरामीहरूको उपचारमा सहयोग गर्ने उद्देश्य सङ्घको रहेको नेत्र ज्योति संघका उपाध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिए अधिकारी बताउनुभयो उहाँले बाँकी २० प्रतिशत रकम साँवामै जोडिने गरि कार्यविधि बनाइएको समेत बताउनुभयो । जस अनुसार नै क्रमश दाताहरूले रकम जम्मा गरिरहेका छन् ।
हालसम्म विभिन्न दातामार्फत करिब साढे ८ लाख रुपियाँ रकम जम्मा भएको समेत उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उ



















