प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीय सचिव श्रेष्ठलाई बनाइन् प्रकृति संरक्षण कोषको अध्यक्ष
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत गरेकी छन्।
कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री कार्कीले उनलाई पाँच वर्षका लागि उक्त पदमा मनोनीत गरेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।
यसअघि ऐनबहादुर शाहीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।श्रेष्ठ यसअघि प्रधानमन्त्री सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठलाई नियुक्ति गरेको भनी विवादमा परेका थिए।विवादपछि श्रेष्ठलाई सचिवालयबाट हटाइएको थियो। राष्ट्रिय समाचार समिति ९रासस०सँग अन्तर्वार्तामा पनि प्रधानमन्त्री कार्कीले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जीवनमा बिर्सन नहुने गुन लगाएको बताएकी थिइन्।अन्तर्वार्तामा उनले श्रेष्ठको खुलेरै प्रशंसासमेत गरेकी छन्।
ुरावल जी पत्रकार मात्रै होइन, उहाँमा इमानदारी र मानिसलाई सहयोग गरूँ भन्ने भावना मात्रै छ। प्रमुख स्वकीय सचिव श्रेष्ठ अदालतको कर्मचारी हो। अदालतमा काम गर्ने प्रविधि र कानुनमा राम्रो ज्ञान भएको कानुनकै विद्यार्थी पनि हो। धेरै प्रधानन्यायाधीशको निजी सहायकका रूपमा काम गरेको व्यक्ति हो। म प्रधानन्यायाधीश हुँदा पनि निजी सहायक नै थियो। सचिवालयमा २०र२५ जनाले गर्ने काम यिनीहरूले गरे,ु उनले भनेकी छन्।श्रेष्ठ लामो समय अदालतमा काम गरेको, आइटी र कानुनमा राम्रो दख्खल भएको व्यक्ति रहेको पनि प्रधानमन्त्री कार्कीले बताइन्।
ुधेरै प्रधानन्यायाधीशको सचिवालयमा निजी सहायक भएर सबैको विश्वास जितेर काम गरेको हो। यो उमेरमा मलाई सफल पार्न ७५ प्रतिशत आदर्शको हात छ। उसैको देनका कारण सम्भव भयो। प्रधानमन्त्रीको स्वकीय सचिवालयमा पहिला ४०–५० जना कर्मचारी हुन्थे। म सबैलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु,उनले भनेकी छन्।
मन्त्रिपरिषदको आजकै बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ



















