मेची राजमार्गको ताप्लेजुङ सडकखण्ड शनिबार बिहानैदेखि अवरुद्ध
ताप्लेजुङ । मेची राजमार्गको ताप्लेजुङ सडकखण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । खोक्सेखोला क्षेत्रमा वर्षाका कारण माथिबाट झरेको पहिरोले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय इलाम अन्तर्गत ताप्लेजुङ हेर्ने सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए ।
उप्रेतीका अनुसार स्काभेटर र जेसीबीमार्फत पहिलो पन्साउने प्रयास भइरहेको छ । तर माथिबाट झर्ने क्रम पनि नरोकिएकाले कति समय लाग्छ यकिन नभएको उनले बताए ।
यो सडक स्तरोन्नति गर्ने क्रम जारी रहेकाले सामान्य वर्षामापनि अवरोध सृजना हुने गरेको छ । वर्षामा राम्ररी बुझेर मात्रै यात्रा गर्न पनि उनले आग्रह गरेका छन् ।सडक अवरुद्ध हुदाँ गन्तब्य तर्फ जाने सवारी साधन रोकिएको छ ।



















