रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार सिफारिस गर्ने
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ।
शनिबार दिउँसो रास्वपाको सचिवालय बैठक बस्न लागेको हो। बैठकको समय र स्थान भने तय भइसकेको छैन।
आजको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउने बताइएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फ रास्वपाले ५१ लाख ८३ हजार ४९३ मत ल्याएको थियो। सो अनुसार आयोगले रास्वपाले ५७ सिट पाएको घोषणा गरेको थियो।
आयोगले फागुन २८ गते समानुपातिक मतअनुसारको सिट घोषणा गरी उम्मेदवार सिफारिस गर्न तीन दिनको समय तोकेको थियो।सो अनुसार निर्णय गर्न रास्वपाले सचिवालय बैठक बोलाएको हो। बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।



















