धनकुटा : एमालेका राजेन्द्र राईको लगातार तेस्रो जित
वेलकम खबर
फाल्गुन २४, २०८२
धनकुटा । धनकुटामा एमालेका राजेन्द्र राईले लगातार तेस्रो जित निकालेका छन् । भर्खरै सम्पन्न मतगणनामा १८ हजार १३२ मतसहित जित निकाल्दै राजेन्द्र विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मतसहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का दिनेश भण्डारीले ९ हजार ९४४ मतसहित चौथो स्थानमा चित्त बुझाए ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले एक हजार ६६५ मत प्राप्त गरेका छन् ।



















