ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

वेलकम खबर
फाल्गुन २४, २०८२

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बुलाई २ हजार २५१ मतले पराजित गर्दै थेबे विजयी भएका हुन्।
थेबेले १३ हजार ९६२ मत प्राप्त गरे भने तुम्याहाङले ११ हजार ७११ मत प्राप्त गरे। सुरुवाती अग्रता बनाए पनि तुम्याहाङले अग्रता जोगाउन सकेनन्। त्यस्तै नेपाली कम्यूनिष्ट पार्टीका खेलप्रसाद बुढा त्रीले ६ हजार ७७५ तथा श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ मत प्राप्त गरे।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुकसाम लाबुङ लिम्बूले २ सय २१, उज्यालो नेपाल पार्टीका किर्तिमान मादेनले २ सय ३२ मत प्राप्त गर्दा नेकपा माओवादीका नरपति पौडेलले १ सय ५५ मत, जनता समाजवादी पार्टीका अरुण लेछर्वोले १ सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ईन्द्र प्रसाद थापाले १ सय ८५ जसपा नेपालका सूर्य गुरुङले ५५, जनमूक्ति पार्टी नेपालका ईन्द्र कुमार थलङले ४६ र मंगोल नेशनल अर्गनाईजेसनका सन्त बहादुर लिम्बूले ५० मत पाए।

थेबे नेकपा एमालेका केन्द्रीय सदस्य हु । यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले कै उपमहासचीव योगेश भट्टराई विजयी भएका थिए । ९० हजार ३२७ जना मतदाता रहेको ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको थियो । यहाँ आठओटा गाउँपालिका र एक नगरपालिका सहित नौओटा स्थानीय तह रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा १३ जना उम्मेदवार चुनावी मैदानमा थिए । प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएसँगै अब समानुपातिक तर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*