अहिलेसम्म ३७ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)

वेलकम खबर
फाल्गुन २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना अन्तिम चरणमा पुग्दै गर्दा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा लहर देखिएको छ । पछिल्लो प्राप्त विवरणअनुसार ३७ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ, जसमा रास्वपाले २७ सिटमा सानदार जित दर्ता गर्दै ऐतिहासिक वर्चस्व कायम गरेको छ । 

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म घोषित परिणाममध्ये नेपाली कांग्रेसले ५, नेकपा (एमाले) ले २, नेकपा (माओवादी केन्द्र/नेकपा) ले २ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा जित हासिल गरेका छन् ।

१. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – २७ सिट

क्र.सं. उम्मेदवारको नाम निर्वाचन क्षेत्र प्राप्त मत
सुलभ खरेल रूपन्देही – २ ५६,५५०
रुविना आचार्य मोरङ – ६ ५५,५९३
रवि लामिछाने चितवन – २ ५४,४०२
मनिष झा धनुषा – ३ ४३,९८८
सन्तोष राजवंशी मोरङ – ४ ४०,८३३
अरविन्द साह बारा – ३ ४०,६९७
विना गुरुङ कास्की – ३ ३७,७५०
प्रदीप विष्ट काठमाडौं – १० ३७,४६९
डोलप्रसाद अर्याल काठमाडौं – ९ ३५,०९३
१० प्रमोदकुमार महतो महोत्तरी – १ ३४,६३६
११ सुनील के.सी. काठमाडौं – २ ३४,२३८
१२ रुकेश रञ्जित भक्तपुर – १ ३३,४३६
१३ सुरेशकुमार चौधरी बाँके – १ ३२,७१२
१४ उत्तमप्रसाद पौडेल कास्की – २ ३१,९१२
१५ सस्मित पोखरेल काठमाडौं – ५ ३०,७३७
१६ खगेन्द्र सुनार बाँके – ३ २९,५५१
१७ पुकार बम काठमाडौं – ४ २९,१४२
१८ धनञ्जय रेग्मी स्याङ्जा – १ २९,०७१
१९ कन्हैया बनिया रूपन्देही – ४ २८,०६६
२० गणेश पराजुली काठमाडौं – ७ २७,८०५
२१ शिशिर खनाल काठमाडौं – ६ २७,७११
२२ बुद्धिप्रसाद पन्त (हरि) पर्सा – १ २७,२७४
२३ सागर भुसाल पर्वत – १ २६,५६१
२४ विराजभक्त श्रेष्ठ काठमाडौं – ८ २४,५१२
२५ राजुनाथ पाण्डे काठमाडौं – ३ १८,७५७
२६ कोमल ज्वाली कैलाली – १ १७,८२६
२७ रन्जु न्यौपाने काठमाडौं – १ १५,४५५

२. नेपाली कांग्रेस – ५ सिट

क्र.सं. उम्मेदवारको नाम निर्वाचन क्षेत्र प्राप्त मत
बास्ना थापा दैलेख – १ १२,३७२
सन्तोष सुब्बा तेह्रथुम – १ ११,५६१
मोहन आचार्य रसुवा – १ १०,६५६
योगेश गौचन थकाली मुस्ताङ – १ ३,३०७
टेकबहादुर गुरुङ मनाङ – १ २,४१५

३. नेकपा एमाले – २ सिट

क्र.सं. उम्मेदवारको नाम निर्वाचन क्षेत्र प्राप्त मत
मोहम्मद इस्तियाक राई बाँके – २ २४,६२८
ऐनबहादुर महर बझाङ – १ १८,५४३

४. नेपाली कम्युनिस्ट पार्टी (नेकपा) – २ सिट

क्र.सं. उम्मेदवारको नाम निर्वाचन क्षेत्र प्राप्त मत
महेन्द्रबहादुर शाही कालिकोट – १ ११,७३४
पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व – १ १०,२४०

५. स्वतन्त्र – १ सिट

क्र.सं. उम्मेदवारको नाम निर्वाचन क्षेत्र प्राप्त मत
डा. महाविर पुन म्याग्दी – १ २२,८५०

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*