भटटराई ताप्लेजुङको चुनावी सभा सकेर ओलीलाई सघाउन झापा प्रस्थान
ताप्लेजुङ। निर्वाचन प्रचार प्रसारको समय सकिन तीन दिन मात्रै बाँकी रहँदा नेकपा एमाले ताप्लेजुङले सनिावर पालिका स्तरीय अन्तिम चुनावी सभा फुङलिङ मा सम्प्रन्न गरेको छ । फुङलिङको चुनावी सभालाई सम्बोधन सकेर उपमहासचिव योगेस कुमार भटटराई आजै नेकपा एमाले केपी शर्मा ओलीको चुनाव कार्यक्रमलाई सहयोग गर्नका लागि आजै झापा ५ तर्फ लाग्नुभएको छ। उहाँले भन्नुभयो मलाई अध्यक्ष ओलीले चुनावी कार्यक्रमलाई सहयोग गर्न आउनुपर्यो भन्नुभयो हाम्रो कर्तव्य पनि हो र दायित्व पनि हो त्यसैले म उहाँको चुनावी सभाम र मोरङ झापाका अन्य क्षेत्रमा पनि सहभागी त्यस तर्फ जान लागेको भटटराईको भनाई रहेको थियो । परिवर्तन अन्तिम पटकको प्रतिस्पर्धा भएकाले मतदाताहरूले उहाँलाई निराश बनाएर पठाउन नहुनेमा आफूले मतदाताहरुसँग अनुरोध गर्ने पनि बताउनुभएको छ। अब केपी शर्मा ओलीले शेरबहादुर देउवा पुष्पकमल दाहालको यो करिब अन्तिम चरणको संसदीय यात्रा हो जनताहरुले उहाँलाई निराश नबनाउने तर्फ रहेको छ । चुनाबी सभामा प्रतिनिधि सभाका उम्मेदवार क्षितिज थेबेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई मतदान गरेर विजय गराउनका लागि मतदाताहरुसँग आग्रह गर्नु भएकोछ ।



















