धादिङमा बस दुर्घटना- मृत्यु हुनेमा ११ महिला र ६ जना पुरूष

वेलकम खबर
फाल्गुन ११, २०८२

काठमाडौ ।धादिङमा बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जना महिला र ६ जना पुरूष रहेको खुलेको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु भएका १७ मध्ये २ जना विदेशी नागरिक रहेको पनि प्रहरीले जनाएको छ।पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति साढे १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका(५ भैँसीगौडास्थित पृथ्वी राजमार्ग सडक खण्डबाट त्रिशूली नदी किनारमा खसेको थियो।
माछापुच्छ्रे ट्राभल्सको उक्त बसमा ४५ यात्रु सवार रहेको खुलेको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको डिएसपी थापाले जानकारी दिए।बसमा पोखराबाट ४३ जना र मुग्लिनबाट २ जना चढेका थिए।
केही घाइतेलाई स्थानीय ‍अस्पताल लगिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ।दुर्घटनामा मृतक र घाइतेहरूको पहिचान हुन बाँकी नै रहेको डिएसपी थापाले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*