निर्वाचन आयोगले भन्यो- प्रचारप्रसारमा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नू

वेलकम खबर
फाल्गुन ११, २०८२

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न आग्रह गरेको छ। आयोगल‍े आइतबार विज्ञप्ति जारी गरेर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरुपको निर्वाचन चिह्न प्रयोग गरेको भन्दै ध्यानाकर्षण गराएको हो।

निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको गुनासोहरू आएको आयोगले जनाएको छ। आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारले कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्ड बमोजिम आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्न सक्ने छन्। सोको सट्टामा कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेको भौतिक स्वरूपका निर्वाचन चिह्न लिई निर्वाचन प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढेको उजुरी तथा गुनासोहरु आएको आयोगमा विज्ञप्तिमा उल्लेख गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*