३ दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस

वेलकम खबर
फाल्गुन ११, २०८२

काठमाडौँ : निर्वाचन आयोगले आसन्न निर्वाचनमा मतदाताको सहभागिता बढाउने उद्देश्यसहित फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारसँग सिफारिस गरेको छ ।

आयोगका अनुसार मतदान प्रक्रियामा अधिकतम सहभागिता सुनिश्चित गर्न र मतदाता अनुकूल वातावरण सिर्जना गर्न उक्त अवधि बिदा आवश्यक हुने निष्कर्षसहित सरकारलाई प्रस्ताव पठाइएको हो ।

सरकारको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धी अन्तिम व्यवस्था कार्यान्वयनमा आउने बताइएको छ। आयोगले सिफारिस गरे अनुसारको निर्णय भए निर्वाचनको समयमा एक साता नै बिदा हुनेछ।

यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ। २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै छ।

‍‍यसरी समग्रमा निर्वाचनताका एक साता नै बिदा हुने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*