भोट नदिए, काम दिनुस् : बालेन शाह
नगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूपश्चिममा भोट माग्न नभई काम माग्न आएको बताएका छन्। बुधबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता शाहले सुदूरपश्चिमलाई सुनजिक शहर बनाउनु पर्ने बताए ।
‘रास्वपा सुदूरपश्चिममा भोट माग्न आएको होइन, काम माग्न आएको हो ।’ आफ्ना उम्मेदवारलाई सुदूरपश्चिममा गर्नुपर्ने कामको सूची दिन आग्रह गर्दै शाहले भने, ‘तपाईहरुले मत नदिए पनि रास्वपाले सुदूरपश्चिमलाई बनाउँछ, भोट नदिए पनि काम दिनुहोला ।’ नेताहरूले नेपाललाई स्विट्जरल्याण्ड बनाउने भने पनि त्योभन्दा राम्रो सुदूरपश्चिम रहेको उनले बताएका छन् ।
उनले अब सुदूरपश्चिमलाई देशसँग जोड्नुपर्ने बताए । ‘सुदूरपश्चिमलाई जोड्नु पर्छ । सुदूरपश्चिमको गीत काठमाडौँको चोकचोकमा बजेको दिन सुदूरपश्चिम जोडिन्छ,’ उनले भने । उनले सहज रुपमा स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने रास्वपाको एजेण्डा नै रहेको बताउँदै वरिष्ठ नेता शाहले भने, ‘खल्तीमा पैसा नभएको गरिबले पनि उपचार पाउनु प¥यो, दुई वर्षमा बन्नु पर्ने सडक २० वर्षमा पनि नबन्ने हुनु भएन । यो रास्वपाको एजेण्डा नै हो ।’



















