बरिष्ठ पत्रकार किशोर श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’बाट सम्मानित

वेलकम खबर
फाल्गुन १, २०८२

काठमाडौं । विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा जनआस्था साप्ताहिकका अध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानित हुनुभएको छ ।
वरिष्ठ पत्रकार देवेन्द्र गौतमको ८० औं जन्मजयन्तीको अवसरमा बरिष्ठ पत्रकार श्रेष्ठलाई सम्मानपत्रसहित एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।।
पत्रकारितामा पुर्याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले जनाएको छ । विश्व प्रेस काउन्सिलमा सक्रिय सहभागितामार्फत नेपाली पत्रकारितालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेको प्रालिको भनाइ छ ।
दबाब,प्रलोभन र चुनौतीका बीच सत्यको पक्षमा अडिग रहनसक्ने पत्रकारिता संस्कार निर्माणमा उनको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै प्रालिले प्रेस स्वतन्त्रता,आचारसंहिता तथा पत्रकारको पेशागत मर्यादासम्बन्धी विश्वव्यापी बहसमा नेपालको आवाज पुर्याउने श्रेष्ठलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*