दुई दिन हिरासतमा बसेर छुटे दुर्गा प्रसाईं

वेलकम खबर
माघ २५, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रवार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेर अदालत उपस्थित गराएको थियो । अदालतले उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनलाई ‘हाजिर जमानी’मा रिहा गरिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले रातोपाटीलाई बताए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले दुई दिन हिरासतमा बसेर छुटेका हुन् ।

निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएको थियो । प्रसाईंले विद्युत्तिय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप छ ।पक्राउ पर्नुअघि प्रसाईंले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको खुलेको छ । उच्च सुरक्षा अधिकृतका अनुसार माघ २२ मा प्रसाईं र ओलीको बिचमा भक्तपुरमा भेटवार्ता भएको थियो । ओलीसँग भेटेपछि बीरगञ्जमा कार्यक्रम गर्न भनेर प्रसाई पर्सा जाँदै थिए । बीरगञ्जमा कार्यक्रम गरेर प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान शुरु गर्न लागेको सुराकको आधारमा सुरक्षा निकायले अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीलाई ब्रिफिङ गरेका थिए । नेपाल प्रहरीका एकजना उच्च अधिकृत भन्छन्, ‘त्यसपछि प्रसाईंलाई पक्राउ गर्ने निर्णय भएको हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*