छुट्टा-छुट्टै घटनामा ताप्लेजुङमा दुइ जनाको मृत्यु

वेलकम खबर
बैशाख ७, २०७६

छुट्टा-छुट्टै घटनामा ताप्लेजुङमा दुइ जनाको मृत्यु भएको छ। सिरिजंघा गाउँपालिका ३ सिकैंचा कुञ्जारिका २१ वर्षीय अजय बोखिमको फावाखोलाले बगाएर मृत्यु भएको छ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ। घटनाको थप अनुसन्धान भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए।

 

यसैगरी पाथीभरा दर्शनकालागि हिंडेका धरान उपमहानगरपालिका ४ का अमेरिकन लावती लिम्वूको उपचारको क्रममा मृत्यु भएको छ। पाथीभरा क्षेत्र विकास समितिका सदस्य सचिव उदय भट्टराईका अनुसार  ३१ सय मिटर उचाइको माथिल्लो फेदीमा पुगेपछि बिहीबार उनी बिरामी भएका थिए।

त्यहाँबाट फर्काएर उनलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको र उपचारकै क्रममा मृत्यु भएको भट्टराइले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*