उम्मेदवार थेबेले ताप्लेजुङेसँग अन्तरक्रिया गर्दै, बन्यो विभिन्न कमिटी
काठमाडौँ । नेकपा एमाले ताप्लेजुङका उम्मेदवार क्षितिज थेबेले काठमाडौंमा बस्ने ताप्लेजुङेहरू अन्तक्रिया भएका छन । फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा तर्फबाट उम्मेदवार भएर ताप्लेजुङका विभिन्न पालिकामा घरदैलोमा रहेका थेबे शुक्रवार जिल्लाबासीहरुसँग अन्तरक्रिया गर्न काठमाडौँ आउदैनन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवासंघ नेपालका केन्द्रिय अध्यक्ष रहेका थेबेले जिल्लावासीहरूको जिल्लाको विकासका सन्दर्भमा आवश्यक सुझाव सल्लाहका लागि भेला आयोजना गर्न लागेको नेकपा एमाले काठमाडौँ ताप्लेजुङ सम्पर्क कमिटीले जनाएको छ ।
सम्पर्क कमिटीका अध्यक्ष विद्या पौडेलले जिल्लासँग उम्मेदवार चिनजान तथा आवश्यक सल्लाह लिनका लागि भेला आयोजना गरिएको बताए । उनले भने काठमाडौँमा ताप्लेजुङेहरू पनि धेरै भएकाले पनि आवश्यक चिनजान तथा जिल्लाका विकासका बारेमा सुझाब सल्लाह लिनका लागि भेला आयोजना गरिएको बताए ।अध्यक्ष पौडेलले अनुसार माघ १६ गते शुक्रवार दिनको ४ बजे सुर्यक्याटरिङ धुम्वाराहीमा भेला आयोजना गरिएको र काठमाडौमा बस्नुहुने सवै ताप्लेजुङबासी दाजुभाई तथा दिदी बहिनीलाई निमन्त्रणा गरिने समेत जानकारी दिए । नेकपा एमालेका केन्द्रीय उपमहासचिव योगेश भट्टराई,जिल्लाको नेता तथा कार्यकताहरुको लगायतका उपस्थित हुने कार्यक्रम रहेको सम्पर्क कमिटीले जनाएको छ ।
निर्वाचन चुनाब प्रचार प्रसारका लागि ३०१ समिति गठन
निर्वाचनका लागि काठमाडौँमा बस्ने ताप्लेजुङलाई समन्वय गर्न विभिन्न पालिका स्तरीय कमिटी निर्माण गरिको छ जसमा सिरिजंघाको लागि अशोकप्यारी राई, पाथीभरा याङवरकका लाग लोकमणि मेन्याङ्वो, मिक्वाखोलाका लागि मिङ्मा डण्डु शेर्पा र नन्द गिरी,मेरिङदेन पवन हाङगाम,फक्ताङलुङ दुशान्त दाहाल र राम निरौला त्यस्तै फुङ्लिङ नगरपालिका दिनेश सिग्देल र दिनेश बराल,मैवाखोला पेमाकिमु शेर्पा र आशिस चोङ्वाङ र आठराई त्रिवेणीका लागि रुद्र आङबुहाङलाई संयोजक तोकिएका छ भने आर्थिक उप समितिमा चुडामणि गिरी संयोजक र दुशान्त दाहाल सह संयोजक तोकिएको छ ।



















