यी हुन सुनसरीको १ का उम्मेदवार युवा नेता टिका 

वेलकम खबर
माघ ११, २०८२

काठमाडौँ  । देश अहिले प्रतिनिधिसभा सदस्यको निर्वाचना होमिएको छ   नेकपा (एमाले) सुनसरी क्षेत्र नं  १ उम्मेदवार  टीका लिम्बु माङ्लेन पनि  आँउदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुटेका हुन । मनोनयन दर्ता पछि जित सुनिश्चित गर्न सुनसरी क्षेत्र १ मा मतदाता को  घर दैलो अभियानमा जुटेको हुन । नेकपा एमालेले जिल्ला कमिटी सदस्य माङ्लेन  सबैलाई समेटेर अघि बढ्न सक्ने युवा नेताको रुपमा सुनसरी परिचित अनुहार रहेको स्थानीय नेताहरू बताउँछन ।  अहिलेको परिर्वतनगर्ने युवा देशले खोजेको समयमा पार्टीले पनि सही मानिसलाई टिकट दिएको स्थानीयहरु बताउछन । 

२०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बुवा देउकुमार लिम्बू ताप्लेजुङको मामाङ्खे गाविसको उपाध्यक्षको उम्मेदवार थिए । एमालेसँग राप्रपाको गठबन्धन थियो र अध्यक्षमा एमालेका उममेदवार थिए । निर्वाचनमा गठबन्धनका उमेदवारहरूले जितेको थियो । बुवाको चुनावी अभियानमा होमिएका १३ वर्षीय टिका माङ्लेनको मन भने एमालेको चुनाव चिन्ह सूर्यले जितिसकेको थियो, एमाले नेता, कार्यकर्ताहरूको हार्दिकता र जनताप्रतिको सम्मान भावले टिकालाई प्रभाव परिसकेको थियो ।
पार्टी भनेको एमाले जस्तो हुनुपर्छ, नेता त एमालेको जस्तो हुनुपर्छ र चुनाव चिन्ह चै सूर्य जस्तै हुनुपर्छ भन्ने गहिरो छाप टिकाको बाल मनस्थितिमा परिसकेको थियो । त्यसबेला उनि गाउँकै सिनाम माध्यमिक विद्यालयमा पढ्दै थिए । २०५६ सालमा ९ कक्षामा पढ्दै गर्दा विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु को सदस्य बने । र, निरन्तर नेकपा (एमाले) को विचारमा जीवनपर्यन्त लागिरहने प्रण गरे ।

 शिक्षा, विद्यार्थी  र राजनीतिमा
२०४१ साल भदौ २१ गते ताप्लेजुङ, साविक मामाङ्खे हाल श्रीजङ्गा गाउँपालिका वडा नम्बर ६ मा आमा सुनमाया लिम्बू (इधिङ्गो) र बुवा देउकुमार चार दाजुभाइमध्ये माइलो छोरा टिका श्रीमती– सीमा लिम्बू साम्मेखाम र छोरा अनुरो लिम्बू सहित हाल धरान १० सेवालुङ चोकका स्थानीयवासी हुनुहुन्छ । 

राजनीतिशास्त्रमा स्नातकोत्तर र एलएलबी गरिसक्नुभएका टिका सिनाम माविबाट एसएलसीपछि २०५८ सालमा इलामस्थित महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्न थालेपछी क्याम्पसको क्लास कमिटीमा रहेर विद्यार्थी राजनीतिमा जोडिनुभयो, २०६० सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा पुन आइए अध्ययन थालेपछी क्याम्पसमा मर्निङ सिफ्ट कमिटी सदस्य भएर काम थाल्नुभयो, २०६२ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सदस्य निर्वाचित हुनुभयो, २०६३ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष बन्नुभयो, २०६७ सालमा अनेरास्ववियु सुनसरी जिल्ला कमिटी अध्यक्ष हुँदै २०६९ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेर विद्यार्थी आन्दोलनमा स्थापित हुनुभयो ।

पार्टी राजनीतिमा टिका 

२०५४ सालदेखि विद्यार्थी राजनीतिमा होमिएका टिकाले नेकपा (एमाले) को संगठित सदस्यता भने २०६४ सालमा मात्रै प्राप्त गर्नुभयो । सोही साल नेकपा एमाले, धरान १० नम्बर वडा कमिटीको सचिव भएर काम गर्नुभयो । २०६५ सालमा नेकपा (एमाले) धरान नगर कमिटी सदस्य र २०६८ सालमा नगर सचिवालय सदस्यको जिम्मेवारी सम्हाल्नु भयो ।

२०७७ सालमा सुनसरी जिल्ला कमिटी सदस्य, २०७८ सालमा नेकपा (एमाले) सुनसरीको सातौं जिल्ला अधिवेशन र २०८१ सालमा भएको आठौं जिल्ला अधिवेशनबाट समेत सदस्य निर्वाचित भएर भूमिका निर्वाह गरिरहनुभएको छ ।
२०७२ को भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पार्टीले सञ्चालन गरेको अभियानमा स्वयम् सेवकका रुपमा जनताको कामसंगै २०७३ सालमा पार्टीले सञ्चालन गरेको मेची महाकाली अभियान स्वयम् सेवकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।
लोकतान्त्रिक,आन्दोलन, हिरासत)रयातना 
तत्कालिन राजा ज्ञानेन्द्र शाहको राजनीतिक कु का विरुद्धको आन्दोलनमा विद्यार्थी नेताका रुपमा निरन्तर आन्दोलनको मोर्चामा रहँदा पटक पटक गिरफ्तार र राज्यको तर्फबाट यातना भोग्नुभएको छ । २०६२ र ०६३ सालको जनान्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ ।
सामाजिक संलग्नता
२०६३– लिम्बू विद्यार्थी मञ्च, केन्द्रीय सदस्य,
२०६४– किरात याक्थुङ चुम्लुङ, धरान सदस्य
२०६७ – ताप्लेजुङ सुनसरी सरोकार समाज (आजीवन सदस्य)
२०७३ – नेपाल रेडक्रस सोसाइटी (आजीवन सदस्य)
एमालेको भरोसा, जनताका आशा 
भर्खरै ४१ वर्ष टेकेका टीका नयाँ पुस्तालाई नेकपा (एमाले) ले भरोसा गरेको र जनताले आशा गरेको युवा उम्मेदवार हुनुहुन्छ । चेतना आएदेखि वर्गीय राजनीति र समाज रुपान्तरणको अभियानमा जीवन अर्पण गरेर लागेका उर्जाशील युवा हुनुहुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*