माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने

वेलकम खबर
माघ ९, २०८२

काठमाडौँ ।माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुने भएकाले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नउठाउने निर्णय भएको जानकारी दिए। श्रेष्ठका अनुसार, “राप्रपा माघ ११ को राष्ट्रियसभा निर्वाचनमा सहभागी हुँदैन। प्रतिनिधि सभामा हाम्रो सम्पूर्ण ध्यान भएकाले राष्ट्रियसभामा नअल्मलिने निष्कर्षमा पुगेका हौँ।” राष्ट्रियसभा निर्वाचनमा मतदाता प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख हुन्। राप्रपाका २८ प्रदेश सांसद छन् र केही स्थानीय तहका प्रमुख तथा उपप्रमुख पनि रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*