रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड रुपैयाँ धरौटी

वेलकम खबर
माघ ६, २०८२

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा उक्त धरौटी तोकेको हो।

अदालत स्रोतका अनुसार धरौटी माग गरिएको पुष्टि भइसकेको छ। गत असार १ गते वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। सो मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

लामिछाने अदालतमा हाजिर भएर चितवन–२ बाट मनोनयन दर्ताका लागि जाने तयारीमा रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*